भुत..
हुंन त त्यो त्यति बेलाको उमेरले पनि हुंदो हो, सांझ भात पाक्ने समय र चराहरु गुण पस्ने समय उस्तै समय हुंदा रहेछन जस्तो लाग्थ्यो।हामि खेल्दै कुद्दै उफ्रदै आंगनका डिलमा उक्लन्थ्यौ चराहरु आफ्ना बथान बोकेर रुखका डालिहरुमा पस्थे।बेलुका भान्सामा आमाको चुल्हो बल्थ्यो बार्दली वरपर धुँवाका रागहरु आकाश वरपर मडारिन्थे अनि हराउँथे चराका एक हुंल सिपाहीहरु बथान लागेर आगेपिछे बांसका पिपलका कप्चेरा तिर धुरिन्थे आमाको भात पाक्दा नपाक्दै चराहरु गुंण पस्थे।हामी केटाकेटी थियौं भान्सामा भात पाकेको कुरा त्यसै थाहा पाउंथ्यौ।आलुका दुई चार दाना डल्ला तातो भात सङ्ग सङ्गै मुछेर थाल भरी डुलाए पछि हाम्रो पेट त्यसै भरिन्थे।थालको भात आधा भुईले खान्थ्यो आधा हाम्रा पेटमा पर्थे हामिले गतिलो खायम खायनम आमाको मन पनि त्यसै भरिन्थे त्यो पनि छिट्टै!चराहरु नअघाउंदै नसुत्दै ननिनाउंदै।भुई भरी छरिएका भातका सिताहरु टिप्न बिरालो आई पुग्थ्यो बिरालोले छोडेको भातका सिताहरु आमाको लुंडोले समाउंथ्यो।आमा हामिलाई हकार्दै झपार्दै भात खान नजानेको केटिहरु भन्दै सराप्दै जुठा थालहरु समाएर जुठेल्ना सम्म पुर्याउथिन।हामी छुनै नपरेको पानी मन नलागी नलागि ओठ सम्म पुर्याउंथ्यौ दुई चार फेर कुल्ल गर्थ्यौ पिच्किरिले छर्केको पानीको मुस्लोहरु जसरी मुखभरिको पानी जुठेल्ना पल्तिर पुग्ने गरि हुर्याउंथ्यै र कुदेर बा सुत्ने कोठाको सुकुलमा पुगेर पल्टिन्थ्यौ।त्यो बेला निद्रा पर्न बा को कथा चाहिन्थ्यो बा ले कथा नभदिए सांझ पनि पाक्थेनन अनि रात पनि।आमाको भान्सा नसकुन्जेल बा ले कथा भन्नू हुंन्थ्यो हामी एक टक्क बा को कथामा भुल्थ्यौ अडिन्थ्यौ कहिलेकाहीँ डराउंथ्यौ रुन्थ्यौ बा का कथा सङ्ग सङ्गै कता कता पुग्थ्यौ अनि फुस्सै निदाउथ्यौ।बा ले भन्ने कथामा सधै एका देश हुंन्थ्यो अनि एक जना दाउरे।दाउरे बन्चरो समाएर जंङ्गल पस्थ्यो जंङलमा दाउरेले भुत भेट्थ्यो भुतले दाउरेलाई खान्छु भन्थ्यो दाउरेले म आज भोकै छु मलाई नखा भोलि पेट भरेर आउंछु अनि खालास भन्थ्यो भुतले हुंन्छ भन्थ्यो र दाउरेका कुरा सुन्थ्यो मान्थ्यो।दाउरे एक भारी दाउरा बटुलेर घर जान्थ्यो।भोलि फेरि दाउरेको झुर्पोमा उज्यालो हुंन्थ्यो दाउरे फेरि जंङ्गल जान्थ्यो भुत भेट्थ्यो भुतले फेरि खान्छु भन्थ्यो दाउरेले फेरि पनि आज नखा म आज भोकै छु भन्थ्यो भोलि टन्न खाएर आउंछु अनि खालास भन्थ्यो भुतले फेरि पनि हुंन्छ भन्थ्यो दाउरे फेरि आफ्ना झुप्रामा फर्किन्थ्यो।बा ले हरेक दिन भात खाए पछि भुतका कथा भन्नू हुंन्थ्यो हरेक दिन दाउरे जंङल जान्थ्यो भुतले भेट्थ्यो दाउरे हरेक दिन भुतलाई भोकको कुरा गर्थ्यो टन्न खाएर आउंछु अनि मलाई खालास भन्थ्यो र उम्किन्थ्यो।भुत र दाउरेका कथा सुनेर मनमनै हामी पेट भोको भएन भनें भुतले खांदैन रहेछ भन्ने बुझ्थ्यौं अचेल मन भोको भएनन भने भुतले खान्छ खांदैन बा ले सुनाउंने कथामा कहिल्यै आएनन त्यि कुराहरु।
मनको भोक जस्तै अर्को भोक रहरको भोक हुंन्छ मानिसलाई सप्पै भएर पनि अधुरो सप्पै पुगेर पनि अपुरो।
नपोखी नछरी थालका भातहरु यत्र तत्र नडुलाई खांन सिके पछि बा का कथाहरु हरांउदै गए।हामि एक उमेर अर्को हुर्कियौं बढ्यौ एक उमेर ठूलो भएर स्कुल जाने भयौ।सेतो सर्ट निलो स्कर्ट एक कम्मर किताब बोकेर स्कुल पुग्न बिहान द्श बज्नु पर्थ्यो।दश बजे पछि एघार बज्थे गणित बिज्ञान अंग्रेज़ी हरेक बिषयहरु पालै पालो पढाइन्थे।दुई एकाने दुई दुई दुंना चार जिवनका हिसाब किताबहरु सधै शुन्य बस्यो सधै शुन्य अडियो किताबका हिसाबहरु एक पछि अर्को गुणा बढ्दै गए भागा लगाईए अग्रेजी पुंर्णाक 100 उत्रिण 32 बिज्ञानमा 25 प्र्याक्टिकल जोडे पछि पास के मा कति घटाउंने नघटाउने हामी पालै पालो बुझ्दैन्थ्यौ पालै पालो हुंकाई खान्थ्यौ पालै पालो अक्षरका अक्षरहरु अक्षरमा मात्रै राम्रा हुन्थे अक्षरका अक्षरहरु अक्षरमा कहिल्यै हाम्रा हुंदैन्थे।दुई पढे चार पुगियो चार पढे पछि सात आठ दश पुग्ने बेला भए हामी अक्षरको साथी कहिलै बनेनौं।अक्षर पनि भुत बन्छन बा ले भन्ने कथामा कहिल्यै आएनन यी कुराहरु।
किताबका चांङ्गहरु उचाल्न सक्ने कम्मरले पानीका गाग्राहरु बोक्न सक्ने भयो डोको नाम्लो डालो धान गहुं मकैका बीउ दुई चार भारी घांसका मुठाहर पिठ्युमा बोकेर आते जाते गर्न सक्ने भयौ।गोठ्मा भैंसी डोरे पछि पाडिले आँई गर्छ पाडिको आँईले मानिसका चेतनाहरु ब्युझाईदिन्छ एक पिठ्यु बारिको घाँस बोकेर फर्किदा फर्किदै एक पिठ्यु लाजको भारी र जिम्मेवारीहरु पनि थपिएछन।एक दिन कम्मरमा बाँधिएको स्कटको मुझो बाछिटा पानीले चुटेको जस्तै चिसो भयो कता कती थाहा पाउँदा नपाउंदै एक हुल मानिसहरु गलल्ल हांसे।मलाई लाज होइन डर लाग्यो त्यत्तीबेला यो कस्तो चिसो समय चलेछन जस्तो भयो तल्लो पेट ब्यस्सरी दुख्यो अँठायो पोल्यो कतै कतै तिघ्रा मुन्तिर सम्म पुगेका रगतका थोपाहरु मैले एक मुठ्ठी घांसले पुंछे अनि सम्झिए फेरि त्यै भुत बा ले भन्ने भुतका कथामा कहिल्यै आएन यि रगत र लाजका कुराहरु
नितम्ब हुर्कियो छाती अप्ठ्यारो भएर आयो गाउँ चोक गल्लि गल्लिमा रुख पात बिरुवा देखि मानिसका सकलमा उभिएका मानिसका झुन्डहरु रमिता बनेर उभिए।लाज यस्तै हुन्छ सिकियो हैया दोष यौवन उत्तेजना कयौ पटक सिरकले थुतुनो छोपेर आँसु झारियो उस्ले किन हेर्यो त्यसरी मेरा नितम्भहरु देखेर किन जिब्रो पड्कायो किन बाटो छेक्यो किन हात समाएर बाटो मुन्तिर धकेल्यो म किन भागे सपनामा बिपनामा किन उ जस्तै उहरुको अनुहार सम्झिदै झस्किंदै निसासिदै कुंदे मानिस पनि भुत बन्छन बा ले भन्ने कथामा कहिल्यै आएनन यी कुराहरु
जिन्दगी एक दिंन हारिन्छ दुखि भइन्छ एक दिन जितिन्छ फेरी उस्तै खुशी पलाउंछ।उ मन भित्र छ कता कति अल्झी रहेछ कांडा भन्यो भने कांडाले घोच्छ उस्ले काउकुती लगाउंछ फुल भन्यो भने फुलले सुगन्ध छर्छ उस्ले सुगन्ध भन्दा माथिका सुगन्धहरु भरेर निस्किन्छ म मा ।आयु उमेर काल मर्ने बाच्ने जिवनका आशा अभिलाषाहरु कति पटक मारियो कति पटक बाचिंयो उस्ले भरिदिएका जिवनका सपनाहरु राग अनुराग मनमनै सम्जियो बिर्सियो भोलिको एउटा बिहान उदायो अस्तायो फुलहरु फुले फकृए ओईलाए उस्का जिवन्त प्रेमहरु मनमनै दौडि रहे।जब यादहरु सिरानी च्यापेर मस्त निद्रमा लिंन हुंन खोज्छु सम्झन्छौ बा को भुत अनि भुतका कथा बा ले भन्ने कथामा जीवन आफैं भुत जस्तै बन्छ एक दिन कहिल्यै आएनन यी कुराहरु
नभएर केही पनि हुंदैन जति भएर पनि भएन भने पीडा हुंन्छ।अधुरो त्यस पछि बन्छ समय जस पछि समय सक्किएर पनि समयका कुराहरु सक्किदैनन कहिलेकाही।आगो सम्झिए खरानी सम्झिनु पर्छ खरानी सम्झिए डढेलो।कति सपनाहरु खरानी बन्यो कि डढलो सल्कियो तर सल्कियो हातका रेखाहरु कति जले जले कति पोलियो मनको आगोले मनको घरसंसार कति इक्षा चाहानाहरु हुर्कदा हुर्कदै हरायो नासियो।हुंन्छन हुंदैनन भगवान यतार्थमा उन्का लिला अनेकन हुंन्छन भक्त भनेको जस्तै भक्ती देखिन्छन स्तुति भने जस्तै आराधना।मन्दिर मस्जिद गिर्जाघरका ढोकाहरु खुल्ने बन्द गर्ने नहुंदा हुंन त पूरा हुंन्थे होलान मागेका सोचेका इक्षाईएका कुराहरु तपसिलमा भोग र भाग्य लेखेर यस्तै रहेछ जिन्दगी भन्नू सिबाए केही हुंदैनन बा ले भन्ने भुतका कथामा कहिले आएनन यी कुराहरु✍️✍️sushmanainali
Gajjab lagyo malai mero tyo gaau,mero gahr,meri aama ani mero balyakaal ko nekkai ramro yaad aayo
ReplyDeleteबा ले भन्ने भुतका कथामा कहिले आएनन यी कुराहरु🥺
ReplyDeleteमलाई पुराना दिनहरु र साथै बुबाआमा को याद झलझली आइरहयो बस आइ रहयो 😰💕
बाले कथामा कहिल्यै आएनन यी कुराहरु 🥺❤️
ReplyDelete