गन्थनमन्थन

 सुत्दा सधैं सुत्ने उठ्ने बिस्तारमा सुतेको भए पनि  ब्युँझदा म आकाश माथि माथि बादलहरु उड्ने ठाउंका घना बादलहरु सङ्ग सङ्गै उडिरहेको रहेछु। बादलहरु निस्फिक्री हावामा तैरदै कतै जाँदै फर्कदै हावाका गतिहरु सङ्ग गति मिलाउंदै थिए म आकाश माथी देखि तल्तिर कतै एक टक्क टोलाई रहेको थिए धर्तिमा।एउटा म जस्तै कोहि मेरो स्वरुपको एक जना मानिस मेरो जस्तै बिस्तारामा लडि रहेको जस्तो देखिन्थ्यो अनि मेरो जस्तै देखिने शरीर वरपर मेरा जस्तै लाग्ने मेरा जस्तै मानिसहरु रुंदै कराउंदै चिच्याउंदै मेरो जस्तो देखिने शरिर सुमसुममाई रहेथे।केही बेर निकै कोलाहल चल्यो मेरो जस्तै शरीर भएको शरीर वरपर एक हुल मानिसहरु आए मेरो जस्तो शरिरलाई एउटा सेतो कपडाको टुक्रोले ढाकिदिए बांसको लामो घारमा चढाएर बाटै बाटो खोलाको बगरमा पुराए एक मुठा पराल अनि अलिकति कपडाको धर्सोमा एक मुठि आगो सल्काएर मेरो शरीर जस्तै देखिने शरीरमा झोसिदिए।मलाई आकाश माथी अलिकति दुख्यो जस्तो भयो तर दुखेन दुखेको अनुभुती नै भएन।हावा चल्यो केही बेर वादलहरु कालो भएर आए केही बेर पानी पर्यो म हावाको झोंकामा बहकिएर हिंडे कि पानीले रुझाउला भनेर हिंडे तर म अडिएका ठांउ देखि थोरै पर हिंडे आकाशको बाटो भएर कतै अन्तै मोडिएं।बाटोमा एक जोडि चराहरु देखा परे। पानीले रुझेका हावाले लखेटिएका आफ्ना गन्तव्य खोज्दै हो कि बिर्सिएर थाकेर लखतरान परेका जस्ता देखिने चराहरु सङ्ग मलाई यो बाटो कहाँ पुगिन्छ सोध्न मन लाग्यो।म चराहरुले सुन्न सक्ने जत्तिकै नजिकै पुगे र चराहरुलाई यो बाटो कहाँ पुगिन्छ थाहा छ भनेर सोधे।चराहरुले यो आकाश हो भनें यहाँ देखि तिमिलाई जता जान मन लाग्छ जांन सक्छौ भनें।मैले तिमिहरु कहां जान लागेका हौ त सोधे।चराहरुले गुणमा भनें हामी गुण फर्किन उडेकां थियौं तर यसरी निर्घात हावा चलिदियो यसैले बाटोमै अल्झियौ भनें।मैले अब के गर्छौ त सोधे चराहरुले हावा रोक्किए पछि पानी रोक्किन्छ त्यस पछि हामि गुणमा फर्किन्छौ भनें।मैले तिमिहरुको गुण कहा पर्छ सोधें चराहरुले धर्तिको एक कुंनाको एउटा उदाङ्गो रुख देखाएर हाम्रो रुख यहिं थियो यहि बतासको बतासले उडाईएर कतै अन्तै पुर्याई दियो भनें मैले अब कहाँ बस्छौ त सोधें चराहरुले समयले जहाँ पुर्याउला त्यैं भने अनि फेरि उडें।चराहरुको कुरा मनमा खेलाउंदै म आकाशको बाटो भएर फेरि अन्तै लागे।पहाड आयो हिमाल आयो कालो निलो सेतो थरिथरिका बादलहरु आए मलाई न थकाई लाग्यो न तिर्खा न भोक लाग्यो न हतार।केही बेरमा मेरो भेट घामको रोशनीहरु सङ्ग भयो मैले घामका रोशनिहरुलाइ कहाँ जान लागेको भनेर सोधे घामको रोशनीहरुले मलाई हामि धर्तिमा जाँदै थियौ केही बेर बादल लागेको पानी परेकाले यतै अल्झिएम भनें मैले घामको रोशनीहरु पनि बादलले पानीले झेकिन्छन र सोधे।घामका रोशनीहरुले छेकिन्छन भनें हामी पुर्ण रुपले उदाउन पाएनौं भने धर्तिको आधा हिस्सा अन्धकार हुंन्छ भनें।मैले त्यसरी सबै तिर देखिने जसरी कहिले उदाउछौं त तिमिहरु सोधें घामका रोशनीहरुले त्यो त समयले बताउंछ  भनेंर धर्तिमा ओर्लिए।म पुंन आकाशको माथी माथी हानिंएर शित झर्ने ठाउंहरु सम्म पुंगे।शितहरु एक झुप्प भएर अडिएका थिए धर्तिमा झर्न चुहिन पोखिन पालो पर्खिएको जसरी लामबद्द भएर एकै ठाउँ थुप्रीएका थिए।मैले शीतक थोपाहरुलाई तिमिहरु कहाँ जान लागेको भनेर सोधें शितका थोपाहरुले घांसे मैदानहरु देखाएर हामि त्यो घाँसको पत्ताहरु सम्म जाँदै छौं यतिबेला अँध्यारो भएको  पानी परेकोले यत्तिकै अडियौं भने मैले अब कुन बेला जान्छौ त सोधे शितहरुले त्यो त समयलाई थाहा छ भनें म फेरि माथि उक्लिए अझै माथी झन माथी आकाश सुरु हुंने ठाउँ भन्दा धेरै माथि पुंगे।माथि उ जस्तै देखिने उ पनि रहेछ मैले पत्याईन सुरुमा तर उ उ नै हो रहेछ उ मेरा छेउमा आईपुग्यो र उभियो मैले तिमी कहिले आई पुग्यौ यहाँ सोधें उस्ले तिमी हिडे पछि भन्यो मैले किन आएको त त्यस्तो सुन्दर धर्ती छोडेर सोधें उस्ले तिमी हिंडे पछी मलाई धर्तिमा बस्नै मन लागेन अनि हिंडे भन्यों मैले अब कहिले फर्किन्छौ त सोधे उस्ले तिमी जहिले फर्किन्छौ म पनि त्यैले फर्किन्छु भन्यो मैले म कहिले फर्किन्छु त समय आए पछि थाहा हुंन्छ भन्दिए शीत झर्न चाहिएको समय चाहिए जस्तै चरा उडन चाहिएको समयहरु जस्तै जस्तै घामका रोशनीहरु धर्तिमा पोखिने समय आए जस्तै समय आउंछन अनि फर्किन्छु भन्दिए उस्ले मलाई पनि सङ्गै लैजाउ  भन्यो मैले समयलाई सोध्नु पर्छ भन्दिएं उ टोलायो झोक्रायो केहिबेर अनि मुस्कुरायो।सबै कुरा समयका बसमा रहेछन समयले भने पछि आफै भन्छ नभन भने पनि भन्छ।हामी निकै बेर आकाशमा अडियौं  त्यस पछि सिङ्गै आकाश अँध्यारो भयो उज्यालो भयो पानी पर्यो हावा चल्यो उस्ले मिठा मिठा गित गायो कहानी सुनायो उस्ले गर्ने प्रेमका कुराहरु भाका हालेर गुनगुनायो।आकाश गुन्जयमान भए केही बेर  उस्का स्वरमा म नतमस्तक भएं उस्का आवजमा समय त्यसै कतै अडियो केही बेर त्यस पछि आई पुग्यो बोलाउन!ओए कान्छी उठ उज्यालो भयो!त्यो आकाश सपनाको आकाश रहेछ अनि उ पनि सपनाकै।

Comments

Popular posts from this blog

क्वारेन्टिनका कथा.....

भुत..