Posts

Showing posts from March, 2022

गन्थनमन्थन

 सुत्दा सधैं सुत्ने उठ्ने बिस्तारमा सुतेको भए पनि  ब्युँझदा म आकाश माथि माथि बादलहरु उड्ने ठाउंका घना बादलहरु सङ्ग सङ्गै उडिरहेको रहेछु। बादलहरु निस्फिक्री हावामा तैरदै कतै जाँदै फर्कदै हावाका गतिहरु सङ्ग गति मिलाउंदै थिए म आकाश माथी देखि तल्तिर कतै एक टक्क टोलाई रहेको थिए धर्तिमा।एउटा म जस्तै कोहि मेरो स्वरुपको एक जना मानिस मेरो जस्तै बिस्तारामा लडि रहेको जस्तो देखिन्थ्यो अनि मेरो जस्तै देखिने शरीर वरपर मेरा जस्तै लाग्ने मेरा जस्तै मानिसहरु रुंदै कराउंदै चिच्याउंदै मेरो जस्तो देखिने शरिर सुमसुममाई रहेथे।केही बेर निकै कोलाहल चल्यो मेरो जस्तै शरीर भएको शरीर वरपर एक हुल मानिसहरु आए मेरो जस्तो शरिरलाई एउटा सेतो कपडाको टुक्रोले ढाकिदिए बांसको लामो घारमा चढाएर बाटै बाटो खोलाको बगरमा पुराए एक मुठा पराल अनि अलिकति कपडाको धर्सोमा एक मुठि आगो सल्काएर मेरो शरीर जस्तै देखिने शरीरमा झोसिदिए।मलाई आकाश माथी अलिकति दुख्यो जस्तो भयो तर दुखेन दुखेको अनुभुती नै भएन।हावा चल्यो केही बेर वादलहरु कालो भएर आए केही बेर पानी पर्यो म हावाको झोंकामा बहकिएर हिंडे कि पानीले रुझाउला भनेर हिंडे तर म अडिएका ...