Posts

गन्थनमन्थन

 सुत्दा सधैं सुत्ने उठ्ने बिस्तारमा सुतेको भए पनि  ब्युँझदा म आकाश माथि माथि बादलहरु उड्ने ठाउंका घना बादलहरु सङ्ग सङ्गै उडिरहेको रहेछु। बादलहरु निस्फिक्री हावामा तैरदै कतै जाँदै फर्कदै हावाका गतिहरु सङ्ग गति मिलाउंदै थिए म आकाश माथी देखि तल्तिर कतै एक टक्क टोलाई रहेको थिए धर्तिमा।एउटा म जस्तै कोहि मेरो स्वरुपको एक जना मानिस मेरो जस्तै बिस्तारामा लडि रहेको जस्तो देखिन्थ्यो अनि मेरो जस्तै देखिने शरीर वरपर मेरा जस्तै लाग्ने मेरा जस्तै मानिसहरु रुंदै कराउंदै चिच्याउंदै मेरो जस्तो देखिने शरिर सुमसुममाई रहेथे।केही बेर निकै कोलाहल चल्यो मेरो जस्तै शरीर भएको शरीर वरपर एक हुल मानिसहरु आए मेरो जस्तो शरिरलाई एउटा सेतो कपडाको टुक्रोले ढाकिदिए बांसको लामो घारमा चढाएर बाटै बाटो खोलाको बगरमा पुराए एक मुठा पराल अनि अलिकति कपडाको धर्सोमा एक मुठि आगो सल्काएर मेरो शरीर जस्तै देखिने शरीरमा झोसिदिए।मलाई आकाश माथी अलिकति दुख्यो जस्तो भयो तर दुखेन दुखेको अनुभुती नै भएन।हावा चल्यो केही बेर वादलहरु कालो भएर आए केही बेर पानी पर्यो म हावाको झोंकामा बहकिएर हिंडे कि पानीले रुझाउला भनेर हिंडे तर म अडिएका ...

भुत..

 हुंन त त्यो त्यति बेलाको उमेरले पनि हुंदो हो, सांझ भात पाक्ने समय र चराहरु गुण पस्ने समय उस्तै समय हुंदा रहेछन जस्तो लाग्थ्यो।हामि खेल्दै कुद्दै उफ्रदै आंगनका डिलमा उक्लन्थ्यौ चराहरु आफ्ना बथान बोकेर रुखका डालिहरुमा पस्थे।बेलुका भान्सामा आमाको चुल्हो बल्थ्यो बार्दली वरपर धुँवाका रागहरु आकाश वरपर मडारिन्थे अनि हराउँथे चराका एक हुंल सिपाहीहरु बथान लागेर आगेपिछे बांसका पिपलका कप्चेरा तिर धुरिन्थे आमाको भात पाक्दा नपाक्दै चराहरु गुंण पस्थे।हामी केटाकेटी थियौं भान्सामा भात पाकेको कुरा त्यसै थाहा पाउंथ्यौ।आलुका दुई चार दाना डल्ला तातो भात सङ्ग सङ्गै मुछेर थाल भरी डुलाए पछि हाम्रो पेट त्यसै भरिन्थे।थालको भात आधा भुईले खान्थ्यो आधा हाम्रा पेटमा पर्थे हामिले गतिलो खायम खायनम आमाको मन पनि त्यसै भरिन्थे त्यो पनि छिट्टै!चराहरु नअघाउंदै नसुत्दै ननिनाउंदै।भुई भरी छरिएका भातका सिताहरु टिप्न बिरालो आई पुग्थ्यो बिरालोले छोडेको भातका सिताहरु आमाको लुंडोले समाउंथ्यो।आमा हामिलाई हकार्दै झपार्दै भात खान नजानेको केटिहरु भन्दै सराप्दै जुठा थालहरु समाएर जुठेल्ना सम्म पुर्याउथिन।हामी छुनै नपरेको पानी मन न...

क्वारेन्टिनका कथा.....

      अघिल्लो दिन सांझ सम्म पनि शरीर निकै फुर्तिलै थियो!दिन भरी काम गरेर थाकेको भए पनि मलाई  मेरो शरिरमा कहिं कतै त्यस्तो आलस्यताको महसुस भएकै थिएन तर बिहान उठ्दा शरीर अचानकले तातो भएको हो कि जस्तो माने!तातो त सुतेर उठेको शरिर यसै तातो हुंन्छन अक्सर तर यो तातो मलाई  अक्सर तातेको शरीरको तापक्रम भन्दा थोरै भिन्न हो कि जस्तो लाग्यो।मसान्तको दिन अफिसमा निकै  भिड हुंन्छन हमेसा त्यस माथी बर्षको अन्तिम दिन "पुराना कुराले नयाँ कुराहरुलाई समाउंदै गरेको समय" नयां कुराहरुले पुराना कुराहरुलाई छोडदै गरेका बेला"!मेरो शरीर जतिनै तातो भएको भए पनि अफिसको काम सक्नु पर्ने कुरा सम्झिए पछि फेरि चिसो भएर आयो कम्तिमा मेरा मन्सपटका केही हिस्साहरुमा कतै चिसो बतासले हिर्कायो जत्तिकै बनायो।नबनावोस पनि किन गाउँ भरीका मानिसहरुको हर हिसाब जो टेबलमा पसारिएका थिए त्यत्तिकै कोहि ब्याज तिर्ने छन कोहि रिण खांने छन कोहि लालपुर्जाका प्रतिलिपी समाएर पालो पर्खी रहेछन।कागजले बोलेर बोल्दिने भए देखि अघिल्लो दिन देखिकै मलाई छिटो सक भनेको हुंन्थ्यो होला हिज नभए पनि आज त अबेर नगर भनी रहेकै छन पक्कै!बि...