Posts

Showing posts from February, 2022

भुत..

 हुंन त त्यो त्यति बेलाको उमेरले पनि हुंदो हो, सांझ भात पाक्ने समय र चराहरु गुण पस्ने समय उस्तै समय हुंदा रहेछन जस्तो लाग्थ्यो।हामि खेल्दै कुद्दै उफ्रदै आंगनका डिलमा उक्लन्थ्यौ चराहरु आफ्ना बथान बोकेर रुखका डालिहरुमा पस्थे।बेलुका भान्सामा आमाको चुल्हो बल्थ्यो बार्दली वरपर धुँवाका रागहरु आकाश वरपर मडारिन्थे अनि हराउँथे चराका एक हुंल सिपाहीहरु बथान लागेर आगेपिछे बांसका पिपलका कप्चेरा तिर धुरिन्थे आमाको भात पाक्दा नपाक्दै चराहरु गुंण पस्थे।हामी केटाकेटी थियौं भान्सामा भात पाकेको कुरा त्यसै थाहा पाउंथ्यौ।आलुका दुई चार दाना डल्ला तातो भात सङ्ग सङ्गै मुछेर थाल भरी डुलाए पछि हाम्रो पेट त्यसै भरिन्थे।थालको भात आधा भुईले खान्थ्यो आधा हाम्रा पेटमा पर्थे हामिले गतिलो खायम खायनम आमाको मन पनि त्यसै भरिन्थे त्यो पनि छिट्टै!चराहरु नअघाउंदै नसुत्दै ननिनाउंदै।भुई भरी छरिएका भातका सिताहरु टिप्न बिरालो आई पुग्थ्यो बिरालोले छोडेको भातका सिताहरु आमाको लुंडोले समाउंथ्यो।आमा हामिलाई हकार्दै झपार्दै भात खान नजानेको केटिहरु भन्दै सराप्दै जुठा थालहरु समाएर जुठेल्ना सम्म पुर्याउथिन।हामी छुनै नपरेको पानी मन न...